Market Closed

साधना लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदै, यस्तो छ समय तालिका

13 Jul,2020
  • ipo_7_13_2020_10_59_32.jpg
नेपाली पैसा 
 
काठमाडौं : साधना लघुवित्त वित्तीय संस्थाको आइपीओ आज सोमबार (असार २९ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएई क्यपिटलका अनुसार आफ्नै कार्यालय जमल काठमाडौंमा साँझ ५ बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ । साधनाको आइपीओमा कुल १ अर्ब १२ करोड ५९ लाख ८५ हजार रुपैयाँको आवेदन परेको छ । ४ लाख ५८ हजार ६४३ जनाले १ करोड १२ लाख ५९ हजार ८५० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा १७.०२ गुणा बढी हो । यसर्थ, आइपीओ हात पार्न भाग्यमा भर पर्नुपर्नेछ । गोलाप्रथा प्रणालीबाट आइपीओ बाँडफाँट हुनेछ । 

यस कम्पनीले असार २१ गतेबाट ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ०.५०% अर्थात १० हजार ८९० कित्ता कर्मचारीलाई छुट्याइएको थियो । यस्तै, ५% अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई दिइएको छ । बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारणमा खुला गरिएको हो ।

यस कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । हाल साधनाको चुक्ता पुँजी १४ करोड ६० लाख रुपैयाँ छ । आइपीओ निष्कासनपछि चुक्ता पुँजी २१ करोड ६७ लाख ८० हजार रुपैयाँ पुग्नेछ । 
 
 

Post Your Comment