Market Closed

साधना लघुवित्तको आइपीओ बाँडफाँट, कतिले पाए १० कित्ता सेयर ?

13 Jul,2020
  • ipos_n_7_13_2020_5_14_48.jpg
नेपाली पैसा 
 
काठमाडौं : साधना लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ । यो आइपीओ ६६ हजार १५२ जनाले १० कित्ताका दरले हात पारेका छन् । ३ लाख ८१ हजार ६९७ जनाको भने हात खाली भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय जमलमा सोमबार साँझ गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको हो ।

साधनाको आइपीओमा कुल १ अर्ब १२ करोड ५९ लाख ८५ हजार रुपैयाँको आवेदन परेको थियो । ४ लाख ५८ हजार ६४३ जनाले १ करोड १२ लाख ५९ हजार ८५० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा १७.०२ गुणा बढी हो । 
 
यस कम्पनीले असार २१ गतेबाट ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८०० कित्ता आइपीओ बिक्री खुला गरेको थियो । यसमध्ये ०.५०% अर्थात १० हजार ८९० कित्ता कर्मचारीलाई छुट्याइएको थियो । यस्तै, ५% अर्थात ३५ हजार ३९० कित्ता सामूहिक लगानी कोषलाई दिइएको छ । बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता सर्वसाधारणमा खुला गरिएको हो ।
 
यस कम्पनीको आइपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ । हाल साधनाको चुक्ता पुँजी १४ करोड ६० लाख रुपैयाँ छ । आइपीओ निष्कासनपछि चुक्ता पुँजी २१ करोड ६७ लाख ८० हजार रुपैयाँ पुगेको छ । 

Post Your Comment