Market Closed

सानिमा इक्विटी फन्डको कारोबार सुरु, १० रुपैयाँ पायो ओपन रेन्ज

28 Feb,2018
  • mutual_fund_2_28_2018_12_13_51.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा इक्विटी फन्डको इकाई कारोबार बुधबार (फागुन १६ गते) देखि सुरु भएको छ । नेप्सेले सानिमाको पहिलो कारोबारका लागि प्रतिइकाई १० रुपैयाँ ओपन रेन्ज दिएको छ । फन्डको इकाई कारोबारका लागि ‘एसएइएफ’ संकेत पाएको छ । सानिमा इक्विटी फन्डले मंसिर १२ देखि २२ गतेसम्म १२ करोड इकाई बिक्री खुला गरेको थियो । जसमा माग भन्दा बढी आवेदन परेपछि १ करोड इकाई थप गरी बाँडफाँट गरिएको थियो । यो फन्डको इकाई २१ हजार १३५ जना लगानीकर्तालाई बाँडफाँट गरिएको हो । ७ वर्षे अवधिको यो योजनाले दोस्रो वर्ष ८% लाभांश वितरण गर्ने प्रक्षेपण गरेको छ । सानिमा क्यापिटलको कोष व्यवस्थापनमा सञ्चालित यो पहिलो म्युचुअल फन्ड हो ।

Post Your Comment