Market Closed

सानिमा इक्विटीको प्रतिइकाई खुद सम्पति मूल्यमा ४ पैसा गिरावट, यस्तो छ सेयरमा लगानी

26 Jun,2018
  • mutual_fund_ss_6_26_2018_12_10_56.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा इक्विटी फन्डको जेठ महिनामा प्रतिइकाई खुद सम्पति मूल्य १० रुपैयाँ १० पैसा कायम भएको छ । वैशाख महिनाको तुलनामा जेठमा सानिमाको प्रतिइकाई खुद सम्पति मूल्य ४ पैसाले घटेको हो । यो फन्डले सूचीकृत सेयरमा लगानी अघिल्लो महिनाको तुलनामा ३ करोड १ लाख ४ हजार ३६८ रुपैयाँले बढाएर २६ करोड ६४ लाख ७ हजार ६१० रुपैयाँ पुर्याएको छ ।

वैशाखमा सूचीकृत सेयरमा २३ करोड ६३ लाख ३ हजार २४२ रुपैयाँ मात्र लगानी गरेको थियो । सानिमाको बैंक मौज्दातमा ७७ करोड १३ लाख ३० हजार ६०२ रुपैयाँ रहेको छ । आइपीओ र हकप्रदमा ८३ लाख ७३ हजार ५६३ रुपैयाँ लगानी गरेको छ ।

यो फन्डले जेठसम्ममा ४२ वटा कम्पनीको ५ लाख १६ हजार ८३७ कित्ता सेयर होल्ड गरेको छ । यसमध्ये सबैभन्दा धेरै नबिल बैकको ५२ हजार ३९१ कित्ता संस्थापक सेयरमा ९५ लाख ५५ हजार २०५ रुपैयाँ लगानी गरेको छ । यो फन्डलाई सानिमा क्यापिटलले व्यवस्थापन गरेको छ । यसको कोष प्रवद्र्धक सानिमा बैंक हो ।

Post Your Comment