Market Closed

सानिमा इक्विटी फन्डको ३७ करोड ६९ लाख सेयरमा लगानी, न्याभ मूल्य १५ पैसा बढ्यो

01 Oct,2018
  • Invest-mutual-fund-e1455341049978_12_8_2017_10_29_31.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य भदौमा १० रुपैयाँ ३८ पैसा पुगेको छ । साउनको तुलनामा प्रतिइकाई खुद सम्पति मूल्य १५ पैसाले बढेको हो । भदौमा यस फन्डले ३७ करोड ६९ लाख २७ हजार ७४ रुपैयाँ बराबरको सूचीकृत सेयरमा लगानी गरेको छ । 
यस फन्डको सूचीकृत सेयरमा लगानी अघिल्लो महिनाको तुलनामा ८ करोड ५७ लाख २९ हजार ६६३ रुपैयाँले बढेको हो ।

साउनमा यो फन्डले २९ करोड ११ लाख ९७ हजार ४११ रुपैयाँ मात्र सूचीकृत सेयरमा लगानी गरेको थियो । भदौसम्ममा सानिमाको खुद सम्पत्ति मूल्य १ अर्ब ३४ करोड ९९ लाख ५ हजार ७३ रुपैयाँ रहेको छ । यसको बैंक मौज्दातामा ६६ करोड ३७ लाख  ३३ हजार ४५८ रुपैयाँ रहेको छ । यसको जम्मा जारी इकाई १३ करोड रुपैयाँ हो । 
 
सानिमा इक्विटी फन्डले ४५ वटा कम्पनीमा लगानी गरेको छ । यसमध्ये सबैभन्दा धेरै एनएमबि बैंकको ७५ हजार कित्ता होल्ड गरेको छ । रकममा भने सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरमा २ करोड ७७ लाख ३५ हजार रुपैयाँ लगानी गरेको छ । यो फन्डलाई सानिमा क्यापिटलले व्यवस्थापन गरेको छ । यसको कोष प्रवद्र्धक सानिमा बैंक हो ।
 

Post Your Comment