Market Closed

सानिमा इक्विटी फन्डको न्याभ ५ पैसाले घट्यो, एनएमबि बैंकमा धेरै लगानी

19 Feb,2019
  • mutual_fund_ss_6_26_2018_12_10_56.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा इक्विटी फन्डको माघ मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य ५ पैसाले घटेर १० रुपैयाँ ५३ पैसा कायम भएको छ । अघिल्लो महिना यस फन्डको प्रतिइकाई खुद सम्पति मूल्य १० रुपैयाँ ५८ पैसा रहेको थियो । 
 
सानिमा इक्विटीले माघ महिनामा ५० करोड ३७ लाख ३१ हजार रुपैयाँ बराबरको सूचीकृत सेयरमा लगानी गरेको छ । यस फन्डको सूचीकृत सेयरमा लगानी अघिल्लो महिनाको तुलनामा ७ करोड ६ लाख ९५ हजार रुपैयाँले बढेको हो ।

कुल ५८ वटा कम्पनीको सेयरमा लगानी रहेको छ । यसमध्ये सबैभन्दा धेरै एनएमबि बैंकको १ लाख ४ हजार ३४३ कित्ता सेयरमा ३ करोड २४ लाख ५० हजार ६७३ रुपैयाँ गरेको छ । यता, सानिमाले माघ मसान्तसम्म ६९ करोड ३६ लाख रुपैयाँ बैंक मौज्दात राखेको छ ।

यसको मुद्दति निक्षेपमा १३ करोड रुपैयाँ रहेको छ । फन्डले सुचीकृत नभएको आइपीओ, बोनस तथा हकप्रद सेयरमा २ करोड २१ लाख ७१ हजार ९७९ सेयरमा लगानी गरेको छ ।

Post Your Comment