Market Closed

सानिमा इक्विटीको न्याभ ४८ पैसाले बढ्यो, यस्तो छ सेयरमा लगानी

21 May,2019
  • mutual_fund_ss_6_26_2018_12_10_56.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा इक्विटी फन्डको वैशाख मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य ४८ पैसाले बढेर ११ रुपैयाँ ३४ पैसा पुगेको छ । अघिल्लो महिना यस फन्डको प्रतिइकाई खुद सम्पति मूल्य १० रुपैयाँ ८६ पैसा रहेको थियो ।
 
सानिमा इक्विटीले वैशाखसम्म ६२ करोड ६४ लाख ५२ हजार रुपैयाँ बराबरको सूचीकृत सेयरमा लगानी गरेको छ । यस फन्डको सूचीकृत सेयरमा लगानी अघिल्लो महिनाको तुलनामा ३ करोड ९७ लाख ७ हजार रुपैयाँले बढेको हो ।
 
कुल ६५ वटा कम्पनीको सेयरमा लगानी रहेको छ । यसमध्ये रकमका आधारमा सबैभन्दा धेरै नबिल बैंकको ८५ हजार ६३१ कित्ता सेयरमा ७ करोड ४ लाख ७४ हजार ३१३ रुपैयाँ लगानी रहेको छ । सेयर कित्ताका आधारमा भने सबैभन्दा धेरै सेञ्चुरी कमर्सियल बैंकको १ लाख ४८ हजार ३५५ कित्तामा लगानी गरेको छ ।
 
यता, सानिमाले वैशाख मसान्तसम्म ६४ करोड २० लाख ६७ हजार ८६० रुपैयाँ बैंक मौज्दातमा राखेको छ । यसको मुद्दति निक्षेपमा १३ करोड रुपैयाँ छ । फन्डले सूचीकृत नभएको आइपीओ, बोनस तथा हकप्रद सेयरमा ३ करोड २४ लाख ७५ हजार २७५ रुपैयाँ सेयरमा लगानी गरेको छ ।

सानिमा इक्विटीको वैशाख महिनाको रिपोर्ट हेर्नुहोस् ।

Post Your Comment