Market Closed

सानिमा इक्विटीको न्याभ १९ पैसाले घट्यो, यस्तो छ सेयरमा लगानी

26 Jun,2019
  • mutual_fund_ss_6_26_2018_12_10_56.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा इक्विटी फन्डको जेठ मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य १९ पैसाले घटेर ११ रुपैयाँ १५ पैसामा आएको छ । अघिल्लो महिना यस फन्डको प्रतिइकाई खुद सम्पति मूल्य ११ रुपैयाँ ३४ पैसा रहेको थियो ।
 
सानिमा इक्विटीले जेठसम्म ७३ करोड १४ लाख ४२ हजार रुपैयाँ बराबरको सूचीकृत सेयरमा लगानी गरेको छ । यस फन्डको सूचीकृत सेयरमा लगानी अघिल्लो महिनाको तुलनामा १० करोड ४९ लाख ९० हजार रुपैयाँले बढेको हो । फन्डले कुल ६४ वटा कम्पनीको सेयरमा लगानी रहेको छ । 
 
यसमध्ये रकमका आधारमा सबैभन्दा धेरै नबिल बैंकको संस्थापक सेयरमा ६ करोड ६५ लाख रुपैयाँ लगानी गरेको छ । सेयर कित्ताका आधारमा भने सबैभन्दा धेरै सेञ्चुरी कमर्सियल बैंकको १ लाख ४८ हजार ३५५ कित्तामा लगानी गरेको छ ।
 
यता, सानिमाले जेठ मसान्तसम्म ५१ करोड ४ लाख ५० हजार ७२० रुपैयाँ बैंक मौज्दातमा राखेको छ । यसको मुद्दति निक्षेपमा १३ करोड रुपैयाँ छ । फन्डले सूचीकृत नभएको आइपीओ, बोनस तथा हकप्रद सेयरमा ३ करोड ३० लाख ८९ हजार १५० रुपैयाँ लगानी गरेको छ ।

सानिमा इक्विटीको मासिक विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment