सानिमा इक्विटीको प्रतिइकाई खुद सम्पति मूल्यमा १२ पैसाको गिरावट

30 Jul,2019
  • Invest-mutual-fund-e1455341049978_12_8_2017_10_29_31.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा इक्विटी फन्डको असार मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य १२ पैसाले घटेर ११ रुपैयाँ ३ पैसामा आएको छ । अघिल्लो महिना यस फन्डको प्रतिइकाई खुद सम्पति मूल्य ११ रुपैयाँ १५ पैसा रहेको थियो । सानिमा इक्विटीको सूचीकृत सेयरमा लगानी ७ करोड ६१ लाख ९२ हजार रुपैयाँले बढेर ८० करोड ७६ लाख ३५ हजार रुपैयाँ पुगेको छ । गत महिना फन्डको सूचीकृत सेयरमा लगानी ७३ करोड १४ लाख ४२ हजार रुपैयाँ थियो ।
 
फन्डले कुल ७६ वटा कम्पनीको सेयरमा लगानी रहेको छ । यसमध्ये रकमका आधारमा सबैभन्दा धेरै नबिल बैंकको संस्थापक सेयरमा ८ करोड ५१ लख ८७ हजार रुपैयाँ लगानी गरेको छ । सेयर कित्ताका आधारमा भने सबैभन्दा धेरै सेन्चुरी कमर्सियल बैंकको १ लाख ४८ हजार ३५५ कित्ता सेयर होल्ड गरेको छ ।
 
यता, फन्डले बैंक मौज्दातमा गत महिना भन्दा असार मसान्तसम्म ३ करोड ९ लाख ३२ हजार ७२० रुपैयाँले घटेर ४४ करोड १३ लाख ८३ हजार रुपैयाँ राखेको छ । यसको मुद्दति निक्षेपमा १३ करोड रुपैयाँ छ । फन्डले सूचीकृत नभएको आइपीओ, बोनस तथा हकप्रद सेयरमा २ करोड ३७ लाख ३१ हजार रुपैयाँ लगानी गरेको छ ।

सानिमा इक्विटी फन्डको मासिक विवरण यहाँबाट हेर्नुहोस् ।

Post Your Comment