सानिमा इक्विटीको सेयर बजारमा कस्तो छ लगानी ? १०% नगद पनि दिंदै

27 Aug,2019
  • mutual_8_27_2019_11_06_17.png
नेपाली पैसा
 
काठमाडौं : सानिमा इक्विटी फन्डको साउन मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ११ पैसाले घटेर १० रुपैयाँ ९२ पैसामा आएको छ । अघिल्लो महिना यस फन्डको न्याभ ११ रुपैयाँ ०३ पैसा रहेको थियो ।सानिमा इक्विटीले साउन मसान्त सम्ममा ८२ करोड ३२ लाख ५४ हजार ७६७ रुपैयाँ बराबरको सूचीकृत सेयरमा लगानी गरेको छ ।

यस फन्डको सूचीकृत सेयरमा लगानी अघिल्लो महिनाको तुलनामा १ करोड ५६ लाख १९ हजार ५६८ रुपैयाँले बढेको हो । फन्डले कुल ६९ वटा कम्पनीको सेयरमा लगानी गरेको छ । रकमका आधारमा सबैभन्दा धेरै नबिल बैंकको संस्थापक सेयरमा ८ करोड ३४ लाख ५ हजार ५६ रुपैयाँ लगानी गरेको छ । सेयर कित्ताका आधारमा भने सबैभन्दा धेरै सेञ्चुरी बैंकको १ लाख ४८ हजार ३५५ कित्तामा लगानी छ ।
 
सानिमा इक्विटीको साउन मसान्तसम्म ४० करोड ७ लाख २१ हजार ५५७ रुपैयाँ बैंकमा मौज्दात छ । यसको मुद्दति निक्षेपमा १३ करोड रुपैयाँ छ । फन्डको खुद सम्पत्ति मूल्य भने १ अर्ब ४३ करोड ३७ लाख रुपैयाँबाट घटेर १ अर्ब ४१ करोड ९४ लाख रुपैयाँमा खुम्चिएको छ । 
 
सानिमा इक्विटी फन्डले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १०% नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको छ । यो फन्डको योजना व्यवस्थापक सानिमा क्यापिटल हो । यसलाई सानिमा बैंकले प्रवद्र्धन गरेको छ ।
 

Post Your Comment