सानिमा इक्विटी फन्डले १०% नगद लाभांश बाँड्न कहिले गर्ने भयो बुक क्लोज ?

28 Aug,2019
  • book_close_8_28_2019_1_07_37.jpg
नेपाली पैसा 
 
काठमाडौं : सानिमा इक्विटी फन्डले १०% नगद लाभांश वितरणका लागि भदौ २० गते (शुक्रबार) बुक क्लोज गर्ने भएको छ । तसर्थ, भदौ १९ गते सम्म कायम इकाईधनी मात्र यो लांभाश पाउन योग्य हुनेछन । 
फन्डले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १०% नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको हो । यो फन्डको योजना व्यवस्थापक सानिमा क्यापिटल हो । यसलाई सानिमा बैंकले प्रवद्र्धन गरेको छ । 
 
सानिमा इक्विटी फन्डको साउन मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ११ पैसाले घटेर १० रुपैयाँ ९२ पैसामा आएको छ । अघिल्लो महिना यस फन्डको न्याभ ११ रुपैयाँ ०३ पैसा रहेको थियो । सानिमा इक्विटीले साउन मसान्त सम्ममा ८२ करोड ३२ लाख ५४ हजार ७६७ रुपैयाँ बराबरको सूचीकृत सेयरमा लगानी गरेको छ ।

 
 

Post Your Comment