Market Closed

सानिमा इक्विटीको १०% नगदमा मूल्य समायोजन, कहिलेदेखि हुन्छ वितरण ?

06 Sep,2019
  • mutual_fund_6_2_8_7_2019_12_06_55.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा इक्विटी फन्डको १०% नगद लाभांशमा मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि नेप्सेमा यस फन्डको भाउ प्रतिइकाई ८ रुपैयाँ ७२ पैसा कायम भएको छ । सानिमाले नगद लाभांश वितरणका लागि शुक्रबार (भदौ २० गते) बुक क्लोज गरेको हो । अब आइतबार यस फन्डको कारोबार समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ ।
 
यता, असोज ६ गतेबाट उक्त नगद लाभांश सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिने कोष व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ । भदौ १९ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएकाहरुको नगद लाभांश खातामै पठाउन लागिएको हो । भदौ १९ गतेपछि डिम्याट गर्नेहरुको लाभांश पनि क्रमशः सेयरधनीको खातामा जम्मा गरिने क्यापिटलले जानकारी गराएको छ । आइपीएस कनेक्ट प्रणाली मार्फत नगद लाभांश सेयरधनीको खातामा पठाइने छ ।
 
सानिमा इक्विटीले साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले २०७५–७६ को नाफाबाट १०% नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको थियो । सोही नगद अहिले वितरण हुन लागेको हो । साथै, बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरुलाई हितग्राही खातामा बैंक खातासमेत अद्यवधिक गराउन आग्रह गरेको छ । 
 
यस फन्डलाई सानिमा बैंकले प्रवद्र्धन गरेको छ । सानिमा इक्विटी फन्डको साउन मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ११ पैसाले घटेर १० रुपैयाँ ९२ पैसामा आएको छ । फन्डले साउन मसान्तसम्ममा ८२ करोड ३२ लाख ५४ हजार ७६७ रुपैयाँ बराबरको सूचीकृत सेयरमा लगानी गरेको छ ।

Post Your Comment