नेपाली पैसा
काठमाडौं : सानिमा इक्विटी फन्डको पुस मसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) १६ रुपैयाँ ३६ पैसा कायम भएको छ । यो मंसिर महिनाको भन्दा १ रुपैयाँ ४९ पैसा बढी हो । मंसिरमा यसको न्याभ १४ रुपैयाँ ८७ पैसा थियो । फन्डको पुस सम्ममा सूचीकृत कम्पनीको सेयरमा लगानी पनि १ अर्ब ५५ करोड ७२ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो महिनाको भन्दा १७ करोड ९ लाख १५ हजार रुपैयाँ बढी हो ।
मंसिरमा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी १ अर्ब ३८ करोड ६३ लाख रुपैयाँ रहेको थियो । यता, मंसिर सम्ममा ३२ करोड रुपैयाँ रहेको बैंक मौज्दात पुसमा भने घटेर २४ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा फन्डले ७१ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै एनआइसी एसिया बैंकको सेयरमा लगानी गरेको छ । एनआइसी एसियाको १ लाख ३० हजार २२६ कित्ता सेयरमा ११ करोड ८७ लाख ६६ हजार रुपैयाँ लगानी गरिएको हो ।