Market Closed

सानिमा बैंकको २७ लाख कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम भाउ कति ?

21 Mar,2019
  • Sanima-bank-Ltd_8_15_2018_10_37_47.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा बैैंकले संस्थापक समूहको २७ लाख १८ हजार ८३५ कित्ता सेयर बिक्री गर्ने भएको छ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले चैत २५ गतेभित्र सानिमा क्यापिटल नारायणचौर, नक्सालमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 
 
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँ तोकिएको छ । यसै मूल्यलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । 
लगानीकर्ताले न्यूनतम २ लाखदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र चैत २६ गते अपराह्न ४ बजे खोलिने बैंकले जनाएको छ ।

सानिमाको संस्थापक सेयर लिलामी सम्बन्धी सूचना यहाँबाट हेर्नुहोस् । 

Post Your Comment