Market Closed

नेप्सेमा ३३ लाख ५४ हजार कित्ता ऋणपत्र थपियो, सानिमा र सिद्धार्थ बैंकको सूचीकृत

11 Mar,2019
  • 1_3_11_2019_11_07_11.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा बैंक र सिद्धार्थ बैंकले ऋणपत्र सूचीकृत गराएका छन् । यी दुई बैंकले कुल ३३ लाख ५४ हजार ७१२ कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गराएका हुन् । सानिमाको १३ लाख ५४ हजार ७१२ कित्ता ऋणपत्र सूचीकृत भएको छ । बैंकले गत कात्तिक ३० गतेदेखि १०% ब्याजदर भएको ‘१०% सानिमा डिबेन्चर–२०८५’ बिक्री गरेको थियो । सोही ऋणपत्र अहिले सूचीकरण भएको हो ।
 
सानिमाले प्रतिकित्ता १ हजार रुपैयाँ दरले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री गरेको हो । जसमध्ये ३ लाख ८० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । २० हजार कित्ता सामूहिक लगानी कोषले पाएका छन् । बैंकले बाँकी १६ लाख कित्ता आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गरेको छ । १०.५% ब्याजदर भएको यस ऋणपत्रको अवधि १० वर्ष तोकिएको छ । आर्थिक वर्षको प्रत्येक ६ महिनाको अन्त्यपछि ब्याज भुक्तानी हुनेछ ।
 
यता, सिद्धार्थ बैंकले पनि २१ लाख ६२ हजार ५५९ कित्ता ऋणपत्र सूचीकृत गराएको छ । बैंकले गत मंसिरमा बिक्री गरेको ‘१०.५% सिद्धार्थ डिबेन्चर–२०८२’ नेप्सेमा सूचीकृत गराएको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले २ अर्ब २५ करोड रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता ऋणपत्र बिक्री खुला थियो । 
 
यसमध्ये ४ लाख ५० हजार कित्ता सर्वसाधारणका लागि र २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी १७ लाख ७७ हजार ५०० कित्ता व्यक्तिगत (कम्पनी तथा संस्थालाई) बिक्री खुला गरेको छ  । १०.५% ब्याजदर हुने यस ऋणपत्रको अवधि ७ वर्ष हुनेछ । 
 

Post Your Comment