Market Closed

सानिमाले सेयर नपरेको पैसा कात्तिक १ देखि फिर्ता दिंदै, पैसा र सेयर खातामै जम्मा गरिने

06 Oct,2016
  • sanima-bank_10_7_2016_11_43_52.jpg
नेपाली पैसा

काठमाडौं : सानिमा बैंकले सेयर नपरेको पैसा कात्तिक १ गतेदेखि फिर्ता दिने भएको छ ।

बोलकबोल टेन्डरमार्फत बिक्री गरेको सेयरमा लगानी गरेर पार्न नसकेका लगानीकर्ताको कात्तिक १ देखि पैसा फिर्ता दिन लागिएको हो ।

सानिमाले सर्वसाधरण समूहको एक लाख ६८ हजार पाँच सय ३१.९७ कित्ता मूल्य बढाबढका आधारमा बिक्री गरेको थियो । यो सेयर असोज १९ मा बाँडफाँट गरिएको हो ।

सेयर भर्दा बैंक खाता उपलब्ध गराएका लगानीकर्ताको खातामै पैसा पठाइने भएको छ । खाता नभरेकाहरूले तीन दिनभित्र बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडमा खाता उपलब्ध गराउन पनि बैंकले आग्रह गरेको छ ।

सेयर पारेकाहरूको निश्चित समयपछि डिम्याट खातामै पठा्रइने भएको छ ।

Post Your Comment