Market Closed

सानिमा बैङ्क लिमिटेड : कम्पनी विश्लेषण (मङ्गलवार, ९ कात्तिक २०७३)

25 Oct,2016
  • sanima_bank_resize_10_25_2016_11_50_19.jpg


२०७३/७४ आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार बैङ्कको खुद नाफा ५३ दशमलव ५९ प्रतिशत बढेको छ । बैङ्कको असोज २८ मा सम्पन्न भएको साधारणसभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : अन्तिम ४ व्यापार दिनमा कालो मैनबत्ती बनेको छ । शेयर मूल्य घटेपछि खरीद चाप बढेको छ ।

आरएसआई : ओभरसोल्ड जोन (१६ दशमलव ५० स्केल)मा छ । विक्री चाप बढेको छ । स्ट्याण्डर्ड डेभिएशन १९ दशमलव ६ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र ७ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य ७ दिने औसत मूल्यरेखा, ट्रेण्ड लाइन र २१ दिने मूल्य रेखाभन्दा तल छ । हालको बिन्दुबाट मूल्य महँगिएमा रू. ६ सय ६७ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार २०७३/७४ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा
- बैङ्कको पहिलो त्रैमासमा नाफा ५३ दशमलव ५९ प्रतिशत बढेर रू. २७ करोड १६ लाख पुगेको छ । खुद ब्याज आम्दानी ६४ दशमलव २१ प्रतिशत र सञ्चालन नाफा ६७ दशमलव ७२ प्रतिशत बढ्नाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

- चुक्ता पूँजीको तुलनामा खुद नाफा १७ दशमलव ३१ प्रतिशतबाट बढेर १९ दशमलव ४४ प्रतिशत पुगेको छ ।

- जगेडा कोष ८५ दशमलव ५९ प्रतिशत बढेर रू. १ अर्व १ करोड पुगेको छ ।

- ब्याज आम्दानी ३८ दशमलव ८३ प्रतिशत बढेर रू. १ अर्ब १ करोड र ब्याज खर्च १८ दशमलव ५० प्रतिशत बढेर रू. ४८ करोड पुगेको छ ।

- कर्मचारी खर्च २८ प्रतिशत, कुल सञ्चालन नाफा ६० दशमलव ७१ प्रतिशत, अन्य सञ्चालन खर्च २९ दशमलव ८८ प्रतिशत बढेको छ ।

- स्थिर सम्पत्ति ७ दशमलव ८० प्रतिशत बढेर रू. ६४ करोड ९७ लाख र अन्य सम्पत्ति ७ प्रतिशत बढेर रू. १ अर्ब १२ करोड पुगेको छ ।

- सम्भावित जोखीमबापतको व्यवस्थामा रकम दुई गुणा बढाएर ६ करोड ५३ लाख पुर्‍याइएको छ ।

- वैदेशिक मुद्राको विनिमयबाट रू. ४ करोड ७७ लाख आम्दानी भएको छ ।

- गत आवमा रहेको १४ लाख ४२ हजार खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ ।

- बैङ्कको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात २५ दशमलव २६ गुणा, प्रतिशेयर आम्दानी २० दशमलव १९ र मूल्य आम्दानी अनुपात ३२ गुणा छ । हालको शेयर मूल्य नेटवर्थको ५ गुणा छ ।

Post Your Comment