Market Closed

सानिमा बैंकले बोनस खातामा पठाउनुअघि कर तिर्न जारी गर्यो यस्तो उर्दी

11 Jan,2018
  • Sanima-bank-Lt_1_11_2018_1_54_09.jpg
नेपाली पैसा 
 
काठमाडौं : सानिमा बैंकका सेयरधनीहरुले डिम्याट खातामा बोनस सेयर पाउन पहिला कर तिर्नपर्ने भएको छ । बैंकले बोनस सेयर प्राप्त गर्न पहिला बोनसमा लाग्ने कर बापतको रकम बुझाउन बिहीबार सेयरधनीका नाममा सूचना जारी गरेको हो । बोनस सेयरमा लाग्ने कर तिरेपछि मात्र सेयरधनीहरुको डिम्याट खातामा बोनस जम्मा हुने बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । कर तिर्न सेयरधनीहरुले सानिमा बैंकमा रहेको सानिमा क्यापिटलकोे खाता नम्बर ००१०००१०६०७०७ मा पैसा बुझाउनुपर्नेछ । सानिमा बैंकको असोज २९ गते सम्पन्न साधारण सभाले १६% बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । बैंकले कर तिर्न नगद नदिंदा सेयरधनीलाई भने झन्झट थपिएको छ । 
 
 

Post Your Comment