Market Closed

सानिमा बैंकले २७ लाख कित्ता संस्थापक सेयर लिलामीमा बेच्दै, न्यूनतम भाउ कति ?

29 Mar,2019
  • auction_img_3_29_2019_4_49_17.jpg
नेपाली पैसा 

काठमाडौं : सानिमा बैैंकले २७ लाख १८ हजार ८३५ कित्ता सेयर लिलामीमा ल्याएको छ । बैंकले चैत ७  गतेदेखि यो लिलामी सेयर खुला गरेको हो । लगानीकर्ताले यस लिलामीमा चैत २५ गतेभित्र सानिमा क्यापिटल नारायणचौर, नक्सालमा शिलबन्दी बोलपत्र पेश गरिसक्नुपर्नेछ । 
 
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँ तोकिएको छ । यसै मूल्यलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । लगानीकर्ताले न्यूनतम २ लाखदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र चैत २६ गते अपराह्न ४ बजे खोलिने बैंकले जनाएको छ ।

सानिमा बैंकको संस्थापक सेयर लिलामी सम्बन्धी सम्पूर्ण जानकारी यहाँबाट लिनुहोस् । 

Post Your Comment