Market Closed

सानिमा बैंकको २७ लाख कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

08 Apr,2019
  • auction_img_4_8_2019_7_47_56.png
नेपाली पैसा 
 
काठमाडौं : सानिमा बैैंकको २७ लाख १८ हजार ८३५ कित्ता संस्थापक सेयर लिलामी भर्ने सोमबार (चैत २५ गते) अन्तिम दिन हो । बैंकले चैत ७  गतेदेखि यो लिलामी सेयर खुला गरेको हो । लगानीकर्ताले सानिमा क्यापिटल नारायणचौर, नक्सालमा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 
संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८० रुपैयाँ तोकिएको छ । यसै मूल्यलाई न्यून्तम आधार विन्दु मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । लगानीकर्ताले न्यूनतम २ लाखदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र चैत २६ गते अपराह्न ४ बजे खोलिने बैंकले जनाएको छ ।

Post Your Comment