Market Closed

सानिमा बैंकको २७ लाख कित्ता संस्थापक सेयर सञ्चयकोषले किन्यो, कति तिर्यो मूल्य ?

16 Apr,2019
  • Sanima-bank-Ltd_8_15_2018_10_37_47.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा बैंकको २७ लाख १८ हजार ८३५ कित्ता संस्थापक सेयर कर्मचारी सञ्चयकोषले खरिद गरेको छ । सञ्चयकोषले प्रतिकित्ता १८० रुपैयाँ १० पैसको दरले सबै कित्ता सेयर खरिद गरेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । सानिमाले चैत ७ देखि २५ गतेसम्म संस्थापक समूहको उक्त सेयर लिलामीमा ल्याएको थियो ।

लिलामीमा न्यूनतम १८० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्ने व्यवस्था रहेको थियो । कर्मचारी सञ्चयकोषले कबोल गरेको १८० रुपैयाँ १० पैसामै सबै सेयर हात पारेको छ । यो संस्थापक सेयर लिलामीमार्फत खरिद गर्दा सञ्चयकोषले कुल ४८ करोड ९६ लाख ६२ हजार १८३.५ रुपैयाँ लगानी गरेको देखिन्छ । यस लिलामीमा बोलपत्र पेश गर्ने कर्मचारी सञ्चयकोष एकमात्र कम्पनी भएको पनि सानिमा क्यापिटलले जानकारी गराएको छ ।

Post Your Comment