Market Closed

सानिमाको आयो आकर्षक वित्तीय विवरण, प्रतिसेयर आम्दानी पनि उत्साहजनक

25 Apr,2019
  • Sanima-bank-Ltd_8_15_2018_10_37_47.jpg
नेपाली पैसा 
 
काठमाडौं : सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आकर्षक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिमा खुद नाफा ३०.७५% ले बढाएको छ भने प्रतिसेयर आम्दानी पनि उत्साहजनक रुपमा सुधार भएको छ । चैत मसान्त सम्ममा बैंकको नाफा बढेर १ अर्ब ५७ करोड ५३ लाख २२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष नाफा १ अर्ब २० करोड ४७ लाख ७६ हजार रुपैयाँ मात्र थियो । 
 
सानिमाले चैत मसान्तसम्म खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि राम्रो वृद्धि गरेको छ । बैंकको खुद ब्याज आम्दानी यस अवधिमा ३९.४७% ले बढेर २ अर्ब ९१ करोड ९८ लाख ९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष सानिमाले २ अर्ब ९ करोड ३४ लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

साथै, सञ्चालन नाफा पनि २९.१०% ले बढाएर २ अर्ब २४ करोड २५ लाख २२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष सञ्चालन नाफा १ अर्ब ७३ करोड ३० लाख ५४ हजार रुपैयाँ रहेको थियो । चैत मसान्त सम्म सानिमाको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार रुपैयाँ छ ।

यता, वितरणयोग्य नाफा भने १ अर्ब ११ करोड १० लाख २३ हजार रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषको आकार यस अवधिमा २७.१९% ले बढेर २ अर्ब ९ करोड ८७ लाख २८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष जगेडा कोषमा १ अर्ब ६४ करोड ९९ लाख ४८ हजार रुपैयाँ रहेको थियो । 
 
यस अवधिमा बैंकले ८५ अर्ब २६ करोड ९२ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरेर ७९ अर्ब १३ करोड ५७ लाख ७८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । चैत मसान्त सम्म बैंकको आधारदर ९.३१% रहेको छ । निष्कृय कर्जा ०.०५% ले घटेर ०.१२ मा सीमित भएको छ । गत वर्ष निष्कृय कर्जा गत वर्ष ०.१७% रहेको थियो ।
 
सानिमाले प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३१ पैसाले बढाए २६ रुपैयाँ ५२ पैसा पुर्याएको छ । गत वर्ष प्रतिसेयर आम्दानी गत वर्ष २० रुपैयाँ २१ पैसा थियो । बैंकको प्रतिसेयर नटवर्थ भने १४० रुपैयाँ ३२ पैसा छ । 
 
 

Post Your Comment