सानिमा बैंकको आज एजीएम, २१.०५२% लाभांश प्रमुख एजेन्डा

16 Oct,2019
  • Sanima-bank-Ltd_8_15_2018_10_37_47.jpg
नेपाली पैसा 
 
काठमाडौं : सानिमा बैंकको साधारण सभा, नक्साल ब्यांकेट, नाराणचौर, काठमाडौंमा बुधबार ११ बजेबाट सुरु हुँदैछ । सभामा बैंकले २१.०५२% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । बैंकले गत वर्षको नाफाबाट ११.०५२% नगद र १०% बोनस सेयर वितरण गर्न लागेको हो । साधारण सभा प्रयोजनका लागि बैंकले असोज १३ गतेदेखि आजसम्म बुक क्लोज गरेको छ । असोज १२ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् । 
 
सभामा २०७५–७६ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाबकिताब प्रतिवेदनमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । आगामी वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने एजेन्डा पनि छ । कुनै उपयुक्त बैंक वा वित्तीय संस्थामा मर्जर वा एक्विजिसनमा जानु परेमा आवश्यक सम्झौता गर्न  सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि हुनेछ । 
 
हाल सानिमाको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ छ । बोनस वितरणपछि पुँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रुपैयाँ पुग्नेछ । असार मसान्तसम्म सानिमाले २ अर्ब २४ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ०४ पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ७३ पैसा छ ।

सानिमा बैंकको एजीएम सम्बन्धी सूचना हेर्नुहोस् । 

Post Your Comment