Market Closed

सानिमा बैंकले फेरि ४ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने, ब्याज कति ?

20 Jan,2020
  • debenu=ture_1_20_2020_10_52_21.jpg
नेपाली पैसा 
 
काठमाडौं : सानिमा बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी २४ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ ।

बैंकले १० वर्ष अवधिको सानिमा बैंक लिमिटेड डिबेन्चर–२०८६ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यपिटलले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । इक्रा नेपालले यो ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको छ ।

धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ । यसअघि पनि बैंकले गत कात्तिक ३० गतेदेखि पुस १ गतेसम्म २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको थियो । 
 

Post Your Comment