Market Closed

सानिमा इक्विटी फन्डको १० करोड २० लाख इकाई भर्ने आज अन्तिम दिन

08 Dec,2017
  • Invest-mutual-fund-e1455341049978_12_8_2017_10_29_31.jpg
नेपाली पैसा
 
काठमाडौं : सानिमा इक्विटी फन्डले बिक्री खुला गरेकोे १० करोड २० लाख इकाई भर्ने शुक्रबार अन्तिम दिन हो । शुक्रबार कार्यालय समयभित्र यसमा आवेदन दिइसक्नुपर्नेछ । यसअघि सानिमाले मंसिर १२ देखि १५ गतेसम्म इकाई बिक्री खुला गरेकामा सार्वजनिक विदा परेकाले आवेदन दिने म्याद थपेर मंसिर १८ सम्म पुर्याइएको थियो । यस्तै, मंसिर १८ गतेसम्ममा आवश्यक मात्रामा आवेदन नपरेमा भने मंसिर २६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । तर माग भन्दा बढी इकाई खरिदका लागि आवेदन परेपछि शुक्रबार नै यसको बिक्री बन्द हुने सानिमा क्यापिटलले जनाएको छ । सानिमा इक्विटी फन्डले कुल निष्कासन गरिएको १२ करोड इकाईमध्ये १५% कोष प्रबद्र्धक सानिमा बैंकलाई राखी बाँकी रहेको इकाई सर्वसाधारणमा बिक्री खुला गरेको हो । यसमा प्रतिइकाई १० रुपैयाँका दरले आवेदन दिन सकिनेछ । लगानीकर्ताले आस्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन फारम भर्न र बुझाउन सक्नेछन् । यसमा न्यूनतम १०० इकाईदेखि २४ लाख इकाईसम्मका लागि आवेदन दिन पाइनेछ । सानिमा इक्विटी फन्डको कोष व्यवस्थापक सानिमा क्यापिटल हो । ७ वर्षे अवधिको यो योजनाले दोस्रो वर्ष ८% लाभांश वितरण गर्ने प्रक्षेपण गरेको छ ।

Post Your Comment