नेपाली पैसा
काठमाडौं : सानिमा लार्ज क्याप फन्डले निष्काशनमा ल्याएको इकाई नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा मंगलबार फन्डको १२ करोड इकाई दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत गरिएको हो । यससँगै फन्डको इकाई बुधबारदेखि दोस्रो बजारमा कारोबार खुल्नेछ ।
योजना व्यवस्थापक सानिमा क्यापिटलले माघ २३ गते फन्डको इकाइ बाँडफाँट गरेको थियो । सानिमा क्यापिटलले माघ ९ गतेदेखि १५ गतेसम्म सानिमा म्युचुअल फन्ड अन्तर्गत १२ करोड इकाई बिक्री खुला गरेको थियो ।