Market Closed

सानिमा लाइफले ६० करोड रुपैयाँको आइपीओ ल्याउने

22 Nov,2019
  • ipo_11_22_2019_10_20_26.jpg
नेपाली पैसा 
 
काठमाडौं : सानिमा लाइफ इन्सुरेन्सको साधारण सभा आज शुक्रबार (मंसिर ६ गते) होटल एल्लो पगोडा, कान्तिपथ काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुँदैछ । सभामा कम्पनीले आइपीओ ल्याउने मुख्य प्रस्ताव पेश गर्दैछ । हाल कायम जारी पुँजी २ अर्ब रुपैयाँको ३०% बराबरको आइपीओ आउनेछ । कम्पनीका अनुसार कुल ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्कासन गरिनेछ । 
 
हाल सानिमा लाइफको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ जारीपछि पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता तथा अन्य सुविधाहरुको बारेमा पनि छलफल गर्ने एजेन्डा छ ।

आर्थिक वर्ष २०७४–७५ को लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल हुनेछ । एनएफआरएस प्रणालीबाट तयार गरिएको वित्तीय विवरणमा पनि छलफल गरी पारित गरिनेछ । 

सानिमा लाइफको आइपीओ तथा साधारण सभाको जानकारी यहाँबाट लिनुहोस् । 

Post Your Comment