Market Closed

सहयोगीको नाफा किन यस्तरी खस्कियो ? खराब कर्जा पनि बढ्यो

05 Nov,2017
  • Sahayogi-bikas-bank-__11_5_2017_2_50_16.jpg
नेपाली पैसा 
 
काठमाडौं : सहयोगी विकास बैंक नोक्सानमा गएको छ । बैंक चालु आर्थिक वर्षको प्रथम त्रैमासमा सहयोगी १ करोड १ लाख ८६ हजार रुपैयाँ नोक्सानमा देखिएको हो । गत वर्ष बैंक यही बेला सहयोगीले १ करोड ५५ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । सहयोगीको खुद ब्याज आम्दानी पनि ३१.१६% ले घटेर ३ करोड २० लाख ६ हजार रुपैयाँमा खुम्चिएको छ । गत वर्ष बैंकले ४ करोड ६४ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको निक्षेप ३ अर्ब ३६ करोड ९७ लाख २५ हजार रुपैयाँ पुगेको छ भने २ अर्ब ७१ करोड १० लाख ४४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पुँजी ४२ करोड ४७ लाख २४ हजार रुपैयाँ रहेको सहयोगीको रिजर्भ कोषमा भने १९ करोड ९७ लाख ८२ हजार रुपैयाँ छ । गत वर्ष सहयोगीको चुक्ता पुँजी २५ करोड ७८ लाख ७७ हजार रुपैयाँ थियो । सम्भावित जोखिमका लागि ३ करोड ७३ लाख ३० हजार रुपैयाँ छुट्याएको यो बैंकले ४३ लाख ६४ हजार रुपैयाँ राइट ब्याक गरेको छ । बैंकको खराब कर्जा दोब्बरले बढेर २.८२% भएको छ । गत वर्ष यही त्रैमासमा खराब कर्जा १.३६% थियो । बैंकले गत वर्षको कमाइबाट लगानीकर्तालाई २०% बोनस र ४.५% नगद लाभांस (कर तिर्न) दिने घोषणा गरेको छ । सञ्चालक समितिको यो निर्णयलाई राष्ट्र बैंक र आगामी बार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांस वितरण प्रक्रिया अघि बढ्नेछ । सहयोगीको प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ०४ पैसा छ । 
 
 
 
 
 

Post Your Comment