सहयोगीको २४.५०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

13 Dec,2017
  • Sahayogi-bikas-bank-Ltd__12_13_2017_11_13_15.jpg
नेपाली पैसा 
 
काठमाडौं : सहयोगी विकास बैंकको २४.५०% लाभांश सुुरक्षित गर्ने बुधबार (मंसिर २७ गते) अन्तिम दिन हो । बैंकको पुस १५ मा हुने साधारण सभामा २०% बोनस सेयर र ४.५०% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । त्यसका लागि बिहीबार (मंसिर २८ गते) देखि सभा हुने दिनसम्म बुक क्लोज गरिनेछ । बैंकले साधारण सभामा हाल कायम चुक्ता पुँजी ४२ करोड ४७ लाख २३ हजार ५०० रुपैयाँको २०% का दरले हुने ८ करोड ४९ लाख ४४ हजार ७०० रुपैयाँ बराबरको बोनस सेयर दिन लागेको हो । बोनसपछि बैंकको चुक्ता पुँजी ५० करोड ९६ लाख ६८ हजार २०० रुपैयाँ पुग्नेछ । सभा बैंकको केन्द्रीय कार्यालय जनकपुरधाममा दिउँसो १ बजे सुरु हुनेछ । सहयोगीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड १ लाख ८६ हजार रुपैयाँ नोक्सान व्यहोरेको छ ।
 
 
 

Post Your Comment