सहयोगीले २०% बोनस डिम्याट खातामा पठायो, डिम्याट नगरेकाले के गर्ने ?

08 Apr,2018
  • Sahayogi-bikas-bank-Lt_4_8_2018_11_17_46.jpg
नेपाली पैसा 
 
काठमाडौं : सहयोगी विकास बैंकले २०% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । बैंकले मंसिर २८ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस डिम्याट खातामा जम्मा गरिदिएको हो । तर, सेयर डिम्याट नगरेकाहरुले भने पहिला डिम्याट गरेपछि मात्र बोनस जम्मा गरिदिने बैंकले जनाएको छ । 
 
त्यस्तै, हालसम्म पनि डिम्याट खाता नखोलेका सेयरधनीले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौं तथा एनआइसी एसिया बैंकको कुनै पनि शाखा कार्यालयमा गएर आफ्नो सेयर डिम्याट गर्न सक्नेछन् । अनिमात्र बोनस सेयर खातामा जम्मा हुनेछ । सहयोगीको पुस १५ मा भएको साधारण सभाले गत वर्षको कमाईबाट २०% बोनस र ४.५०% नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । 
 
हाल यस बैंकको चुक्ता पुँजी ५० करोड ९६ लाख ६८ हजार रुपैयाँ छ । सहयोगीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड ३८ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ २२ पैसा (वार्षिक) रहेको सहयोगीको प्रतिसेयर नेटवर्थ भने १२९ रुपैयाँ २६ पैसा छ ।
 
 

Post Your Comment