सहयोगीको ब्याज आम्दानी घट्दा पनि खुद नाफामा १५.०६% सुधार, रिजर्भ ७७.२७% ले बढ्यो

28 Jan,2019
  • Sahayogi-bikas-bank-Lt_4_8_2018_11_17_46.jpg
नेपाली पैसा
 
काठमाडौं : सहयोगी विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ४ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वर्षको तुलनामा १५.०६% ले नाफा बढाएको छ । बैंकले गत वर्ष ४ करोड ३८ लाख ७७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
 
यता, बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । बैंकको खुद ब्याज आम्दानी गत वर्षको तुलनामा ३ लाख ७० हजार रुपैयाँले घटेर १० करोड ३४ लाख १० हजार रुपैयाँमा आएको छ । गत वर्ष १० करोड ३७ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । खुद ब्याज आम्दानी घटेपनि सञ्चालन नाफामा ४२.४९% सुधार हुँदा खुद नाफामा वृद्धि भएको देखिन्छ । सञ्चालन नाफा ५ करोड ४७ लाख ४२ हजार रुपैयाँ पुगेको छ । 
 
सहयोगीले ४ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ६८ करोड १२ लाख ६६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा ०.८२% ले घटाएर १.६३% ल्याएको छ । यस्तै, कस्ट अफ फन्ड ७.७९% रहेको छ ।
 
पुस मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ५० करोड ९६ लाख ६८ हजार रुपैयाँ रहेको छ । बैंकले रिजभ कोष ७७.२७% ले बढाएर २६ करोड ५२ लाख ५७ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष रिजर्भ कोषमा १४ करोड ९६ लाख २८ हजार रुपैयाँ मात्र थियो । यस बैंकको प्रतिसेयर आम्दानी वार्षिक १९ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ५ पैसा छ ।

Post Your Comment