Market Closed

सहयोगीको १७% लाभांश, फागुन २५ मा एजीएम गर्न यसरी हुनेछ बुक क्लोज

15 Feb,2019
  • agm_new_2_15_2019_12_39_42.png
नेपाली पैसा

काठमाडौं : सहयोगी विकास बैंकले फागुन २५ गते साधारण सभा बोलाएको छ । सभा होटल मानकि इन्टरनेसनल प्रालि. जनकपुरधाम, धनुषामा दिउँसो १ बजे बस्नेछ । सहयोगीले लगानीकर्तालाई १७% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सहयोगी पनि आवश्यकता अनुसार मर्जमा जान तथा अन्य वित्तीय संस्थालाई खरिद गर्न पनि तयार देखिएको छ । यसका लागि बैंकले मर्ज तथा एक्विजिसन सम्बन्धी सम्पूर्ण काम गर्नका लागि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि साधारण सभाबाट अनुमोदन गराउने भएको छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि राखिएको छ । साधारण सभा गर्न सहयोगीले फागुन १३ देखि फागुन २५ गतेसम्म बुक क्लोज गर्नेछ । यसर्थ, फागुन १२ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् । 

Post Your Comment