Market Closed

सहयोगीको १७% लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ? यसरी हुँदैछ बुक क्लोज

20 Feb,2019
  • agm_new_2_20_2019_12_03_38.png
नेपाली पैसा

काठमाडौं : सहयोगी विकास बैंकले फागुन १३ देखि २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ, सहयोगीले वितरण गर्ने १७% नगद लाभांश पाउन फागुन १२ गते आइतबार सम्ममा सेयरधनी भइसक्नुपर्नेछ । सहयोगीले १७% नगद लाभांश सहितका महत्वपूर्ण प्रस्ताव अनुमोदन गर्न फागुन २५ गते एजीएम बोलाएको छ ।

होटल मानकि इन्टरनेसनल प्रालि। जनकपुरधाम, धनुषामा दिउँसो १ बजे सभा बस्नेछ । सहयोगी पनि आवश्यकता अनुसार मर्जमा जान तथा अन्य वित्तीय संस्थालाई खरिद गर्न पनि तयार देखिएको छ ।

यसका लागि बैंकले मर्ज तथा एक्विजिसन सम्बन्धी सम्पूर्ण काम गर्नका लागि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि साधारण सभाबाट अनुमोदन गराउने भएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि राखिएको छ । 

सहयोगीको एजीएमको एजेन्डा यहाँबाट हेर्नुहोस् । 

Post Your Comment