Market Closed

सहयोगीको १७% नगद सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले हुँदैछ एजीएम ?

24 Feb,2019
  • agm_new_2_20_2019_12_03_38.png
नेपाली पैसा 

काठमाडौं : सहयोगी विकास बैंकको १७% नगद लाभांश पाउन सेयरधनी बन्ने आइतबार (फागुन १२ गते) अन्तिम दिन हो । सहयोगीले साधारण सभा प्रयोजनका लागि सोमबार (फागुन १३ देखि २५ गतेसम्म) देखि बुक क्लोज गर्ने भएको छ । बैंकले १७% नगद लाभांश सहितका महत्वपूर्ण प्रस्ताव अनुमोदन गर्न फागुन २५ गते एजीएम बोलाएको छ ।
 
होटल मानकि इन्टरनेसनल प्रालि. जनकपुरधाम, धनुषामा दिउँसो १ बजे साधारण सभा बस्नेछ । सहयोगी पनि आवश्यकता अनुसार मर्जमा जान तथा अन्य वित्तीय संस्थालाई खरिद गर्न पनि तयार देखिएको छ ।

यसका लागि बैंकले मर्ज तथा एक्विजिसन सम्बन्धी सम्पूर्ण काम गर्नका लागि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि साधारण सभाबाट अनुमोदन गराउने भएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । 

सहयोगीको एजीएमको एजेन्डा यहाँबाट हेर्नुहोस् । 
 

Post Your Comment