Market Closed

सहयोगी विकास बैंकको शनिबार एजीएम, लगानीकर्तालाई १७% नगद लाभांश

06 Mar,2019
  • agm_new_2_20_2019_12_03_38.png
नेपाली पैसा 
 
काठमाडौं : सहयोगी विकास बैंकले १७% नगद लाभांश वितरण सहितका महत्वपूर्ण प्रस्ताव अनुमोदन गर्न शनिबार (फागुन २५ गते) एजीएम बोलाएको छ । होटल मानकि इन्टरनेसनल प्रालि, जनकपुरधाम, धनुषामा दिउँसो १ बजे साधारण सभा बस्नेछ । 
 
 कम्पनीको १७% नगद लाभांश फागुन १२ गतेसम्म कायम सेयरधनीले पाउनेछन् । सहयोगीले साधारण सभा प्रयोजनका लागि फागुन १३ देखि २५ गतेसम्म देखि बुक क्लोज गरिरहेको छ । आवश्यकता अनुसार मर्जमा जान तथा अन्य वित्तीय संस्थालाई खरिद गर्न पनि सहयोगी तयार देखिएको छ ।
 
यसका लागि बैंकले मर्ज तथा एक्विजिसन सम्बन्धी सम्पूर्ण काम गर्नका लागि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि साधारण सभाबाट अनुमोदन गराउने भएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । 

सहयोगीको एजीएमको एजेन्डा यहाँबाट हेर्नुहोस् । 
 

Post Your Comment