Market Closed

सहयोगी विकास बैंकले शनिबार एजीएम गर्दै, १७% नगद लाभांश मुख्य एजेन्डा

08 Mar,2019
  • Sahayogi-bikas-bank-Lt_4_8_2018_11_17_46.jpg
नेपाली पैसा 
 
काठमाडौं : सहयोगी विकास बैंकले १७% नगद लाभांश वितरण गर्ने मुख्य एजेन्डासहित शनिबार (फागुन २५ गते) वार्षिक साधारण सभा बोलाएको छ । होटल मानकि इन्टरनेसनल प्रालि, जनकपुरधाम, धनुषामा दिउँसो १ बजे साधारण सभा बस्नेछ । 
 
कम्पनीको १७% नगद लाभांश फागुन १२ गतेसम्म कायम सेयरधनीले पाउनेछन् । सहयोगीले साधारण सभा प्रयोजनका लागि फागुन १३ देखि २५ गतेसम्म देखि बुक क्लोज गरिरहेको छ । आवश्यकता अनुसार मर्जमा जान तथा अन्य वित्तीय संस्थालाई खरिद गर्न पनि सहयोगी तयार देखिएको छ ।
 
यसका लागि बैंकले मर्ज तथा एक्विजिसन सम्बन्धी सम्पूर्ण काम गर्नका लागि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि साधारण सभाबाट अनुमोदन गराउने भएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ ।

सहयोगीको एजीएमको एजेन्डा यहाँबाट हेर्नुहोस् । 

Post Your Comment