Market Closed

सहयोगीको खुद नाफा ७.७६% ले घट्दा यस्तो छ रिजर्भ र प्रतिसेयर आम्दानीको अवस्था

26 Apr,2019
  • Sahayogi-bikas-bank-Lt_4_8_2018_11_17_46.jpg
नेपाली पैसा 
 
काठमाडौं : सहयोगी विकास बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा घटेको छ । बैंकको यस अवधिमा खुद नाफा ७.७६% ले घटेर ७ करोड ४ लाख ३७ हजार रुपैयाँमा सीमित भएको हो । सहयोगीले गत वर्ष ७ करोड ६३ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । चैत मसान्त सम्म खुद ब्याज आम्दनी २.६२% ले घटेर १५ करोड ७ लाख १० हजार रुपैयाँमा खुम्चिएको हो । गत वर्ष यसले १५ करोड ४७ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, सञ्चाल मुनाफा भने १.६१% ले बढेर ७ करोड ८९ लाख २७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष ७ करोड ७६ लाख ७४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । 
 
चैत मसान्त सम्म सहयोगी विकास बैंकको चुक्ता पुँजी ५ अर्ब ७ करोड ८९ लाख ४५ हजार रुपैयाँ पुगेको छ । जगेडा कोष गत वर्षको तुलनामा ९.१२% ले बढेर ४ अर्ब ३३ करोड ६१ लाख ४८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष जगेडा कोषमा ३ अर्ब ४४ करोड  ८७ लाख  ८९ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंकले ४ अर्ब ३३ करोड ६१ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरेर ३ अर्ब ८५ करोड २ लाख ७२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खराव कर्जा ०.३७% ले बढेर १.६९% पुगेको छ । गत वर्ष खराव कर्जा १.३२% थियो । बैंकको आधारदर १०.०१ प्रतिशत छ । वार्षिक प्रतिसेयर आम्दानी १८ रुपैयाँ ४३ पैसा रहेको यस बैंकको नेटवर्थ १३८ रुपैयाँ ९३ पैसा छ ।   

सहयोगीको तेस्रो त्रैमासको वित्तीय विवरण यहाँबाट हेर्नुहोस् । 
 

Post Your Comment