Market Closed

सहयोगीको लाभांश सामान्य संशोधनसहित राष्ट्र बैंकले गर्यो स्वीकृत, अब एजीएममा लगिने

27 Feb,2020
  • Sahayogi-bikas-bank-Lt_4_8_2018_11_17_46_2_27_2020_11_41_29.jpg
नेपाली पैसा 
 
काठमाडौं  : नेपाल राष्ट्र बैंकले सहयोगी विकास बैंकको लाभांश संसोधन गर्न निर्देशन दिएको छ । सहयोगीले यसअघि १९.३% नगद लाभांश वितरण गर्ने घोषणा गरेकोमा राष्ट्र बैंकले थोरै घटाएर १८.७२१५% वितरण गर्न निर्देशन दिएको छ । राष्ट्र बैंक र बैंकको एजीएमले पारित गरेपछिमात्र सेयरधनीले हात पार्नेछन् ।  यसर्थ, अब बैंकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट सेयरधनीहरुलाई ९ करोड ५४ लाख १७ हजार ५५६ नगद लाभांश वितरण गर्नेछ । गत वर्ष सहयोगीले १७% नगद लाभांश दिएको थियो ।
 
सिटिजन्स बैंकले सहयोगीलाई एक्वायर गर्न अन्तिम समझदारी पत्रमा हस्ताक्षर गरीसकेको छ । दुवै बैंकले गत असार २२ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए । २०७६ पौष २७ गते सम्मको तथ्यांकका आधारमा सिटिजन्स बैंकले सहयोगी विकाश बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट संकलन निक्षेप ८३ अर्ब २४ करोड रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई प्रवाह गरेको ऋण लगानी ७३ अर्ब ९९ करोड रुपैयाँ हुनेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा ९९ वटा हुनेछ । सहयोगी विकाश बैंकका सेयरधनीले आफ्नो १०० कित्ता सेयर वरावर सिटिजन्स बैंकको ९१.७५ कित्ता सेयर पाउनेछन् ।

 

Post Your Comment