Market Closed

एसबीआई बैंकले १६% ले बढायो नाफा, निक्षेप १ खर्ब भन्दा बढी

25 Apr,2019
  • Nepal-SBI-bank-Lt_1_2_8_13_2018_10_44_28.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ६० करोड ६ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १६% ले बढी हो । गत वर्ष यही अवधिमा बैंकले १ अर्ब ३७ करोड ९७ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चैत मसान्त सम्ममा एसबीआईले खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै वृद्धि गरेको हो ।

बैंकले यस अवधिमा सञ्चालन नाफा ९.३३% ले बढाएर २ अर्ब २० करोड ३५ लाख ३६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष २ अर्ब १ करोड ५३ लाख ३२ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । साथै, खुद ब्याज आम्दानी पनि १६.११% ले वृद्धि गर्दै ३ अर्ब ३५ करोड ७२ लाख ९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले २ अर्ब ८९ करोड १३ लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
 
चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा बैंकको चुक्ता पुँजी ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ रहेको छ । यता, बैंकले गत वर्ष भन्दा जगेडा कोष १२.९०% ले बढाएर ३ अर्ब ५६ करोड ६ लाख ९० हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यो बैंकको जगेडा कोषमा ३ अर्ब १५ करोड ३६ लाख ७२ हजार रुपैयाँ थियो । 
 
यो त्रैमास सम्ममा एसबीआईले १ खर्ब ८ करोड ३४ लाख ४१ हजार ९२ करोड ३७ लाख ७ हजार रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब ७९ कारेड ४३ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । चैत मसान्त सम्ममा बैंकको आधार दर ९.७३% रहेको छ ।

यता, खराब कर्जा भने ०.०६% ले बढेर ०.१९% पुगेको छ । गत वर्ष बैंकको खराब कर्जा ०.१३% थियो । यस अवधिमा बैंकले प्रतिसेयर आम्दानी २ रुपैयाँ ४ पैसाले बढाएर २५ रुपैयाँ २६ पैसा पुर्याएको छ । गत वर्ष प्रतिसेयर आम्दानी २२ रुपैयाँ ८६ पैसा थियो । बैंकको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ५६ पैसा छ । 

एसबीआई बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् । 
 

Post Your Comment