Market Closed

नेपाल एसबीआई बैंकको ५% बोनस सेयर नेप्सेमा सूचीकृत

12 May,2019
  • Nepal-SBI-bank-Lt_1_2_8_13_2018_10_44_28.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल एसबीआई बैंकको ४० लाख २३ हजार ४५२.६३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले पुस ३० गतेको साधारण सभाबाट पारित ५% बोनस सूचीकृत गराएको हो । उक्त सभाबाट १०.७९% नगद लाभांश पनि पारित भएको थियो । 
 
बोनस सेयर वितरण गरी बैंकले चुक्ता पुँजी ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ पुर्याएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल एसबीआईले १ अर्ब ६० करोड ६ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २५ रुपैयाँ २६ पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ५६ पैसा रहेको छ ।

Post Your Comment