Market Closed

एसबीआई बैंकको अध्यक्षमा सत्यनारायण नियुक्त, डेपुटी गभर्नरले गराए सपथ

05 Jul,2019
  • sbi_img_7_5_2019_11_38_47.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल एसबीआई बैंक संचालक समितिको अध्यक्षमा बि.आर.एस. सत्यनारायण चयन भएका छन् । असार १९ गते बसेको सञ्चालक समिति बैठकले सत्यनारयाणलाई अध्यक्ष चुनेको हो । अध्यक्ष बि.आर.एस. सत्यनारायण, एसबीआई मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धक पदमा कार्यरत छन् । उनले एसबीआईको एसिया, अफ्रिका तथा अष्ट्रेलियामा रहेका बैंकिङसँग सम्बन्धित मामिला हेर्छन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले बैंकका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष बि.आर.एस. सत्यनारायणलाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा बिहीबार आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक नरेन्द्र सिंह विष्ट, का.मु. निर्देशकहरु वीरेन्द्र दत्त अवस्थी तथा नेपाल एसबीआई बैंकका निर्वतमान अध्यक्ष तथा एसबीआई भारतका नायब प्रबन्ध सञ्चालक सुजित कुमार बर्मा उपस्थित थिए । यसैगरी, बैंकका सञ्चालकहरु आर.एस. रमेश, बाल कृष्ण श्रेष्ठ, अर्जुन कुमार गौतम, केशव राज आचार्य एवं बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भट्नागर लगायतको पनि उपस्थिति थियो ।  
 

Post Your Comment