एसबीआई बैंकको अधिकांश सूचकमा सुधार, खुद नाफा १३.८४% ले बढ्यो

30 Jul,2019
  • Nepal-SBI-bank-Lt_1_2_8_13_2018_10_44_28.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०७५/७६ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा खुद नाफा १३.८४% ले बढोत्तरी गरेर गत आर्थिक वर्षको अन्त्यसम्म २ अर्ब ३० करोड ३६ लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष यसै अवधिमा बैंकले २ अर्ब २ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
 
बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद ब्याज आम्दानी १४.६% ले बढाएर ४ अर्ब ७४ करोड ६९ लाख रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा १३.४८% ले बढेर ३ अर्ब १३ करोड ३९ लाख रुपैयाँ पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर आम्दनी २ रुपैयाँ १ पैसाले बढेर २७ रुपैयाँ २६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ८९ पैसा छ । 

नेपाल एसबीआईको विस्तृत वित्तीय विवरण यहाँबाट हेर्नुहोस् ।


Post Your Comment