एसबीआई बैंकले २ अर्ब ५० करोडको ऋणपत्र ल्याउन रेटिङ गरायो

13 Oct,2019
  • Nepal-SBI-bank-Lt_1_2_8_13_2018_10_44_28.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल एसबीआई बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र ल्याउने भएको छ । बैंकले २५ लाख इकाई ऋणपत्र निष्कासनका लागि रेटिङ समेत सम्पन्न गरेको छ । इक्रा नेपालले यो ऋणपत्रलाई उच्च सुरक्षा जनाउने ‘इक्रा एनपी एल डबल ए’ रेटिङ दिएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्ने तयारी गरिरहेको छ ।

ऋणपत्र ल्याउन रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ । 
 

Post Your Comment