नेपाली पैसा
काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेपाल एसबीआई बैंकको नाफा घटेको छ । यसअवधिमा नाफा १०.७२% ले घटेर ४३ करोड ७२ लाख ३० हजार रुपैयाँमा आएको छ । गत वर्ष यसैअवधिमा बैंकले ४८ करोड ९७ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकोले यसको असर खुद नाफामा परेको हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २.२९% र १०.३७% ले घटेको छ । असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ३१ करोड ९१ लाख ५१ हजार रुपैयाँ रहेको छ ।
यता, खुद नाफा घट्नुको असर बैंकको प्रतिसेयर आम्दानीमा परेको छ । बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६५ पैसाले घटेर २० रुपैयाँ ७० पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ११ पैसा छ । खराब कर्जा ०.१७% छ ।
एसबीआईले गत वर्षको नाफाबाट लगानीकर्तालाई १६.८४% लाभांश दिने घोषणा गरेको छ । जसमध्ये ६% बोनस सेयर र १०.८४% नगद लाभांश रहेको छ ।
