Market Closed

नेपाल एसबीआई बैंकको ६% बोनसपछिको मूल्य कति ?

29 Nov,2019
  • Nepal-SBI-bank-Lt_1_2_8_13_2018_10_44_28.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल एसबीआई बैंकको ६% बोनस सेयरपछि मूल्य समायोजन भएको छ । नेप्सेले समायोजनपछिको मूल्य ३६१ रुपैयाँ ३२ पैसा तोकेको छ । अब यही मूल्यलाई आधार बनाएर आइतबार यस बैंकको सेयर कारोबार खुल्नेछ । एसबीआईले गत वर्षको नाफाबाट लगानीकर्तालाई ६% बोनस सेयर र १०.८४% नगद लाभांश वितरण गर्न लागेको हो ।

बैंकले चुक्ता पुँजीको ५० करोड ६९ लाख ५५ हजार रुपैयाँ बराबरको बोनस सेयर र ९१ करोड ५८ लाख ९८ हजार ७०० रुपैयाँ नगद वितरण गर्दैछ । बोनस वितरणपछि पुँजी ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार रुपैयाँ पुग्नेछ । एसबीआईले लाभांश पारित गर्न मंसिर २९ गते साधारण सभा बोलाएको छ । 
 

Post Your Comment