Market Closed

नेपाल एसबीआई बैंकको लाभांश पारित

16 Dec,2019
  • sbi_img_12_16_2019_12_43_07.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल एसबीआई बैंकको १६.८४% लाभांश पारित भएको छ । आइतबार (मंसिर २९ गते) सम्पन्न साधारण सभाले ६% बोनस सेयर र १०.८४% नगद लाभांश अनुमोदन गरेको हो । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा आयोजना भएको थियो । 
 
 एसबीआईले ५० करोड ६९ लाख ५५ हजार रुपैयाँ बराबरको बोनस वितरण गरेको हो । यस्तै, ९१ करोड ५८ लाख ९८ हजार ७०० रुपैयाँ नगद लाभांश वितरणमा खर्च भएको छ । 
 
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि अनुमोदन भएको छ । बोनस सेयरपछि अधिकृत पुँजी र चुक्ता पुँजी वृद्धि भएकाले सोही बमोजिम नियमावली संसोधन प्रस्ताव पनि पारित भएको छ । 
 
साधारण सभा गर्न बैंकले मंसिर १३ गतेदेखि २९ गतेसम्म बुक क्लोज गरेको थियो ।  हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ रहेको छ । बोनसपछि पुँजी ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार रुपैयाँ पुगेको छ । 

Post Your Comment