Market Closed

एसबीआई बैंकले सेयरधनीको बैंक खातामा पठाउन थाल्यो नगद लाभांश

17 Dec,2019
  • dividen_img_12_17_2019_11_11_12.png
नेपाली पैसा
 
काठमाडौं : नेपाल एसबीआई बैंकले आफ्ना सेयरधनीलाई आज मंगलबार (पुस १ गते) बाट नगद लाभांश खातामा पठाउने सुरु गरेको छ । मंसिर २९ गते आइतबार साधारण सभा सम्पन्न गरेको एसबीआईले लगत्तै लाभांश खातामा पठाउन लागेको हो । बैंकले आइपीएस कनेक्ट मार्फत सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा १०.८४% नगद लाभांश जम्मा गर्न थालेको हो ।  
 
यस्तै, ६% बोनस सेयर भने नेप्से तथा सीडीएसमा सूचीकृत भएपछि सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिने बैंकको भनाई छ । यता, हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि भनिएको छ । त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ । 
 
बैंकले गत वर्षको नाफाबाट ६% बोनस र ११.८४% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार रुपैयाँ पुगेको छ । 

Post Your Comment