Market Closed

सिद्धार्थ बैंकले १३.१६% लाभांश पारित गर्न सोमबार बोलायो एजीएम, अब यसरी बढ्छ पुँजी

06 Jan,2019
  • agm_n_1_6_2019_5_50_47.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिद्धार्थ बैंकले सोमबार (पुस २३ गते) साधारण सभा बोलाएको छ । बैंकले सेयरधनीलाई १३.१६% लाभांश वितरण  गर्ने प्रस्ताव लैजाँदैछ । सिद्धार्थले ५ बोनस सेयर र ८.१६ नगद गरी कुल १३.१६% लाभांश दिन लागेको हो । पुस ८ गतेसम्म कायम लगानीकर्ताले यो लाभांश पाउनेछन् । सिद्धार्थले साधारण सभा गर्न पुस ९ गते बुक क्लोज गरिसकेको छ । 
 
 बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ। साधारण सभा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 
 
हाल सिद्धार्थको चुक्ता पुँजी ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार रुपैयाँ छ । बोनसपछि पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार रुपैयाँ पुग्नेछ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८१ पैसा रहेको यो बैंकको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ४९ पैसा छ ।

                                   सिद्धार्थको यस्तो छ लाभांश इतिहास 

Post Your Comment