Market Closed

सिद्धार्थको १३.१६% लाभांश पारित गर्न आज एजीएम, के–के छन् एजेन्डा ?

07 Jan,2019
  • Siddhartha-bank-Ltd_8_6_2018_11_01_36.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सोमबार (पुस २३ गते) राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुँदैछ । सिद्धार्थले सेयरधनीलाई १३.१६% लाभांश वितरण गर्ने प्रस्ताव लैजानेछ । बैंकले गत वर्षको नाफाबाट ५% बोनस सेयर र ८.१६% नगद गरी कुल १३.१६% लाभांश दिन लागेको हो । 
 
साधारण सभा प्रयोजनका लागि बैंकले पुस ९ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, पुस ८ गते सम्म कायम लगानीकर्ताले यो लाभांश पाउनेछन् ।  बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पेश गरिनेछ ।

साभारण सभामा आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावहरुमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक निक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहनेछ । 
 
हाल सिद्धार्थको चुक्ता पुँजी ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार रुपैयाँ छ । बोनसपछि पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार रुपैयाँ पुग्नेछ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८१ पैसा रहेको यो बैंकको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ४९ पैसा छ ।
 

Post Your Comment