Market Closed

सिद्धार्थ बैंकको १३.१६% लाभांश पारित, अब लगानीकर्ताको खातामा पठाउने प्रक्रिया सुरु हुने

07 Jan,2019
  • sbl_img_1_7_2019_5_19_09.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिद्धार्थ बैंकको १३.१६% लाभांश पारित भएको छ । बैंकको सोमबार सम्पन्न साधारण सभाले गत वर्षको नाफाबाट प्रस्ताव गरिएको ५% बोनस सेयर र ८.१६% नगद लाभांश अनुमोदन गरेको हो । अब केही दिनपछि लाभांश लगानीकर्ताको खातामा पठाउने प्रक्रिया सुरु हुनेछ । साधारण सभा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग काठमाडौंमा आयोजना गरिएको हो ।

सभाले सबै प्रस्तावहरु अनुमोदन गरेको छ ।  सिद्धार्थको चुक्ता पुँजी ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार रुपैयाँ छ । अब बोनस पारित भएकाले पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार रुपैयाँ पुग्नेछ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८१ पैसा रहेको यो बैंकको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ४९ पैसा छ ।
 

Post Your Comment